अपडेट
राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न शी लिड्स आइकनका लागी २७ जना महिला जनप्रतिनिधि छनोट आज भदौ २६ गते बुधबार को राशिफल हेर्नुहोस आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए तरकारी खेती मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न

दृश्यम- ३ को तयारी सुरु, फिल्मको बजेट अघिल्ला सिरिजभन्दा बढी हुने

पुस ४ । फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’को सफलतापछि यो फिल्मको तेस्रो भाग बनाउने तयारीमा निर्माण पक्ष जुटेका छन् । फिल्मको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो । जबकि यसको दोस्रो भाग दर्शकमाझ आउन सात वर्ष बढी समय लागेको थियो ।

फिल्म ‘दृश्यम २’ हालसम्म बक्स अफिसमा दुई सय २० करोड रुपैंयाँ कलेक्सन गरिसकेको छ । यो फिल्म अझै पनि कैयौं थिएटरमा प्रदर्शनरत छ ।

फिल्मका निर्माता तथा निर्देशक अभिषेक पाठकले तेस्रो भागका लागि पहिलो चरणको स्क्रिप्टको काम सुरु भइसकेको बताए । उनका अनुसार पहिलाको जस्तै त्यही टिमले तेस्रो भागको स्क्रिप्टको काम गरिरहेको छ । उनले सन् २०२४ सम्ममा थिएटरमा फिल्म आउने खुलाए । ‘दृश्यम २ ले यति राम्रो ओपनिङ गर्छ भन्ने हामीले सोचेका थिएनौं । फिल्म यति हिट भयो । तेस्रो भागमा दुई भागभन्दा बढी दर्शक आउन भन्ने अपेक्षाका साथ हामी काम गरिरहेका छौं’, उनले भने ।

उनले तेस्रो भागमा दोस्रो भागका कलाकार सँगै केही नयाँ कलाकार जोडिने खुलाए । फिल्मको बजेट पनि अघिल्ला दुई फिल्मको भन्दा बढी नै हुनेछ । ‘दृश्यम’को निर्देशन अभिषेक पाठकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *