अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

नवलपरासीको सामुदायिक वनका काठ कुहिन थाले

कावासोती, पुस ३ । पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन् । सडक विस्तारको क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ वटा रुख काटेर सम्बन्धित वनको घाटगददीमा राखिएका काठ दाउरा कुहिन लागेका छन् ।

जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब तीन वर्ष अगाडि ठूलो मात्रामा काठ दाउरा काटेर राखिएको छ । सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउँदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती १२ स्थित राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए । “सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुन्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन”, लम्सालले भने ।

नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा काठ र दाउरा आफुहरुले सम्बन्धित सामुदायिक वनमा घाटगददीमा सुरक्षा गार्डको निगरानीमा राखिएको भएपनि चितवन राष्ट्रिय निकुन्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजना कावासोती कार्यालयका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।

सडक आयोजना विस्तारको क्रममा निमार्ण कम्पनी, चितवन राष्ट्रिय निकुन्ज र उपभोक्ता समिति सहितको बैठकले रुख काटी निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडलले बताए ।

केही प्रक्रियागत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुन्ज कार्यालयबाट आफूले जाकारी पाएको पौडेलले बताए । रुख काटेर घाटगददी गरिएलगत्तै कोरोना कहर सुरु भएको हुँदा त्यो बेला वितरणको काम रोकिएको चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनले काठ दाउराको पुनः लगत सङ्कलनको काम सुरु गरिएको जानकारी दिए ।

निमार्ण कम्पनीले घाटगददी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका सङ्केत मेटिएकाले फेरि लगत सङ्कलन गरिएको उनको भनाइ थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *