अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

वीर अस्पतालका नौ नर्ससहित १२ कर्मचारी सम्पर्कविहीन

काठमाडौँ, पुस ३ । वीर अस्पतालले आफ्ना नौ नर्ससहित १२ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरेको छ ।

अस्पतालले आइतबार सार्वजनिक सूचना निकालेर सम्पर्कविहीन भएका रजिष्ट्रार/ट्युटर एकजना, ९ जना स्टाफ नर्स र दुईजना अनमीलाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो ।

लामो समयदेखि विदा स्वीकृति नगराई अस्पतालमा अनुपस्थित भएपछि सार्वजनिक सूचना निकालेर उनीहरुलाई हाजिर हुन आउन भनिएको हो ।

बेखबर बिदा बसेका रजिष्ट्रार/ट्युटर डा‍. सृष्टी शाह, स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, ओमदेवी पुन, सुशीला ढकाल, सरस्वती अर्याल, शान्ति लम्साल, रेणुका अधिकारी, सकिला चौलागाईं, अन्जुकला राई, जमुना सिटौला र अनमीद्वय अनिता बसेल र साहिदा सुब्बालाई ३० दिनभित्र हाजिर हुन आउन अस्पतालले सार्वजनिक सूचनामार्फत् भनेको हो ।

अन्यथा ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने सार्वजनिक सूचनामार्फत चेततावनी पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *