अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

मकवानपुरमा छैन मल अभाव

मकवानपुर, पुस ३ । मकवानपुरमा किसानका लागि आवश्यक रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कंम्पनी लिमिटेडको प्रादेशिक कार्यालय हेटौडाले जानकारी दिएको छ ।

कार्यालयले गोदाममा युरिया र डिएपी मल मागअनुसार मौज्दात रहेको दाबी गरेको छ । हाल किसानका लागि आवश्यक गहुँवालीसहित तेलहन र तरकारी खेतीका लागि कार्यालयबाट मल वितरणको काम भइरहेको छ ।

जिल्लामा रहेका अधिकार प्राप्त सहकारी संघरसंस्थामार्फत् बिक्री वितरणका लागि मल ढुवानी भइरहेको कार्यालयका लेखा अधिकृत उपेन्द्र ज्ञवालीले जानकारी दिए ।

कार्यालयसँग हाल युरिया मल एक सय १८ मेट्रिकटन र डिएपी मल एक सय ३८ मेट्रिक टन मौज्दात छ । मकवानपुरका १० स्थानीय तहका किसानका लागि एक सय २० सहकारी संस्थामार्फत् मल बिक्री वितरण भइरहेको कार्यालयको भनाइ छ ।

जिल्लाका अन्य पालिकामा मत वितरणको काम भइरहे पनि राक्सिराग र कैलाश गाउँपालिका दुर्गममा रहेकाले मल वितरणमा समस्या भइरहेको छ ।

यसअघि कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा युरिया मल ४४२ मेट्रिक टन र डिएपी मल ३०१ मेट्रिकटन बिक्री वितरण गर्ने बताएको थियो ।

कार्यालयका अनुसार युरिया मल प्रतिबोरा रु ८०१ तथा डिएपी मल प्रतिबोरा रु २ हजार २५१ मा बिक्री भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *