अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

आयरल्याण्डका ह्यारी टेक्टरले लुम्बिनीबाट खेल्ने

पुस ३ । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले आयरल्याण्डका ब्याट्सम्यान ह्यारी टेक्टरलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले आइतबार आयरल्याण्डका युवा ब्याट्सम्यान टेक्टरलाई अनुबन्ध गरिएको जनाएको छ । २३ वर्षीय ह्यारीले अष्ट्रेलियामा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेका थिए ।

लुम्बिनीले यस अघि दक्षिण अफ्रिकाका क्रिकेटर क्लाउड भान शाल्विकलाई अनुबन्ध गरेको थियो । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग पुस ८ गतेबाट सुरु हुनेछ ।

लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ । दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहेका छन् ।

लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन कुमार झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे तथा आकाश चन्द लगायत नेपाली खेलाडी रहेका छन् ।

६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *