अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

पुष ३ । सूचना प्रविधिको अहिलेको युगमा इन्टरनेट आम जनजीवनको अभिन्न अंग बनिसकेको छ । हाल धेरै कामहरु अनलाइन तथा भर्चुअल स्वरुपमा आउँदै गर्दा उच्च स्पीडको तथा गुणस्तरीय इन्टरनेट अत्यावश्यक बनिसकेको छ । वाइफाइको स्पीड कम भयो भने कम्प्युटरका धेरै कामहरु अबरुद्ध हुन्छन् ।

इन्टरनेट सुस्त हुनुका विभिन्न कारण हुन सक्दछन् । तपाईंले खरीद गरेको इन्टरनेट प्याकेज नै कम क्षमताको हुँदा वाइफाइ स्पीड कम हुनु स्वभाविकै हो । तर कहिलेकाहिँ उच्च गतिको भनिएको इन्टरनेट समेत निकै सुस्त बनिदिन्छ । यस्तो अवस्थामा केही काइदा अपनाएर सुस्त बनेको वाइफाइको गति बढाउन सकिन्छ ।

वाइफाइ उत्कृष्ट तरिकाले काम गरोस् बन्नका लागि तपाईंले आफ्नो वाइफाइको अप्टिमाइजेसन गर्नुपर्दछ । यदि तपाईंले आफ्नो वाइफाइलाई रिबूट गर्नुभएको छैन भने एकपटक वाइफाइ रिबूट गरेर हेर्नुहोस् । यसो गर्दा वाइफाइका सिग्नल स्ट्रेन्थ बढ्न गई इन्टरनेटको गति बढ्दछ ।

वाइफाइको स्पीड निकै सुस्त बन्यो भने तपाईंले राउटरको स्विच अफ अन गरेर हेर्नुहोस् । यसरी राउटर रि–स्टार्ट गर्दा पनि इन्टरनेटको स्पीडमा सकारात्मक प्रभाव पर्ने सम्भावना हुन्छ ।

वाइफाइको राउटर ठीक ठाउँमा राख्नुहोस् । राउटरलाई कुनैपनि चिजवस्तुले छोपेर नराख्नुहोस् र खुल्ला तथा केही अग्लो ठाउँमा राख्ने गर्नुहोस् । यसबाट वाइफाइका तरंग सजिलैसँग प्रसार हुन पाउने हुन्छन् र जसले वाइफाइको स्पीड बढाउन सहयोग गर्दछ । यसका साथै राउटरको लोकेसन परिवर्तन गर्दा पनि स्पीड बढाउन सकिन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *