अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

लागूऔषधसहित कैलालीबाट ४ जना पक्राउ

कैलाली, पुस ३ । प्रहरीले कैलालीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकाया छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट एक किलो २ सय ग्राम र रोकायाको साथबाट आठ सय ग्राम उक्त चरेस फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, दाङ, लमही नगरपालिका–८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्रामसहित घोराही उपमहानगरपालिका–१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुनसमेत दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रा १ प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *