पुस ३ । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१ औं दिन मनाएको उपलक्ष्यमा निर्माण टिमले केक काटेर सेलिब्रेशन गरेको छ । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्मले शनिबार राजधानीसहित मोफसलका केही हलमा प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएको हो ।
उक्त उपलक्ष्यमा निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमकाबीच केक काटेर ५१ औं दिनको सेलिब्रेशन गरेको छ । कार्यक्रममा फिल्मको निर्माण टिमसँगै सञ्चारकर्मीहरूको उपस्थिति थियो ।