अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

बढ्न थाल्यो अण्डाको मूल्य

चितवन, पुस ३ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो ।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । उनले भने, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोख्रेल बताउँछन् ।

हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताए । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ ।

उनले भने, “सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ ।” निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *