अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

पुस ३ । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।

विभागका वैदेशिक लगानी शाखा प्रमुख शङ्करसिंह धामीले विदेशी लगानीको सीमा घटाइएको, विदेशी नागरिकलाई भिसामा कडाइ गरिएको र विश्वभर देखिएको आर्थिक सङ्कटका कारण लगानी प्रतिबद्धता घटेको बताए । यो पाँच महिनाको अवधिमा वैदेशिक लगानीका परियोजनाको सङ्ख्यामा धेरैले नघटे पनि लगानी प्रतिबद्धता रकम भने आधाभन्दा बढीले कमी भएको उनले जानकारी दिए ।

गत असोज अन्तिमतिर सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँमा झारेको छ । लगानीको न्यूनतम सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको विभागले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *