अपडेट
लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार तुलसीपुर उद्योग बाणिज्य संघ को अध्यक्षमा बिनिल के.सी निर्वाचित आज बैशाख ३० गते आइतबार को राशिफल हेर्नुहोस

मोबाइलका कारण दुई नाबालकद्वारा दम्पतीको हत्या

पुस ३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो । मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो। मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिए । मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो ।

वडाध्यक्ष कमल थापाका अनुसार यो घटना मङ्सिर पहिलो साता भएको थियो । तर मोबाइल चोर्दा पनि कारबाही गर्नुको सट्टा उल्टै पैसा पाएपछि ती बालक झन् हौसिए र दोस्रो पटक पनि सोही मोबाइल चोर्न मङ्सिर २४ गते मगर दम्पतीको घर गए । त्यतिखेर भने उनीहरूले मोबाइलमात्रै चोरेनन्, मोबाइल प्रयोग गर्दै आएका विष्णुबहादुरसहित उनकी श्रीमती ६७ वर्षीय नीरमाया आलेको समेत बीभत्स हत्या गरे । सुन्दा पनि आङ जिरिङ्ग हुने यो घटनामा संलग्न भएको आरोपमा ती बालकलाई काठमाडौँबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा चार दिनपछि पक्राउ गरिएको छ । ब्युरोका प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार नागरिकता नबनेका कारण चोरीमा संलग्न नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएकाले उनीहरूको नाम गोप्य राखिएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ । दुवै बालक स्थानीय स्कुलमा कक्षा ६ र ८ मा पढ्दै गरेका हुन् ।

उक्त घरमा आलेमगर दम्पतीमात्रै बस्दथे । वडाध्यक्ष थापाका अनुसार उनीहरूका छोराबुहारी काठमाडौँमा डेन्टल हाउस खोलेर बसेका थिए एकमात्र छोरीको विवाह भइसकेको छ । दम्पतीको हत्या २४ गते भए पनि २६ गते बिहानमात्रै स्थानीयले थाहा पाएका थिए । सँगै घाँसदाउरा गर्ने एक छिमेकी महिलाले २६ गते बिहान नीरमायाका श्रीमान् विष्णुबहादुरलाई घरबाहिरको खाटमा लडिरहेको अवस्थामा देखे । विष्णुबहादुरको शव देखेपछि आत्तिँदै उनले गाउँलेलाई खबर गरे । गाउँले आएर हेर्दा नीरमाया पनि घरभित्र लडिरहेकी थिइन्। यो घटना २४ गते बिहान करिब साढे सात बजेको थियो ।

बीभत्स हत्या देखेर आत्तिएका गाउँले छलफलमा जुट्दै गर्दा साँझसम्ममा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय सल्यानटार र कुकुरसहित काठमाडौँबाट गएको केन्द्रीय प्रहरी ब्युरोको टोलीसमेत पुग्यो । तीन दिनसम्म निरन्तर अनुसन्धान गर्नेक्रममा प्रहरीको टोलीले मङ्सिरकै पहिलो साता पनि मोबाइल चोरी भएको घटनाको जानकारी पायो । सोही जानकारीका आधारमा ती दुईसहित शङ्कास्पद पाँच जनालाई पक्राउ गर्यो । थप अनुसन्धान गर्दा पाँचमध्ये दुई बालकले दम्पतीको आफूहरूले हत्या गरेको र हत्यामा बन्चरो प्रयोग गरेको स्वीकारेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *