चितवन, पुस २ । रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले बिहिबार एक कार्यक्रमको आयोजना गरि भरतपुर-१६, शरणपुर स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडाहरू वितरण गरेका छन् ।
क्लबले विद्यार्थीहरुलाई ट्र्याक-सुट, हाई-नेक, टोपी लगायत अन्य सहयोग गरेको अध्यक्ष अपेक्षा श्रेष्ठले जानकारी दिइन । क्लबले सहयोग गर्नुअघि विद्यालय र विद्यार्थीको अवस्था र आवश्यकता बुझेर सहयोग गरेको हो । क्लबले गरेको सहयोग दुई लाख रुपैयाँ बराबरको रहेको क्लबका नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले जानकारी दिए ।
न्यानो कपडा वितरणको लागी क्लब सदस्यहरूसँग र अन्य कार्यक्रमबाट संकलन गरेको रकमबाट आर्थिक व्यवस्थापन गरेको क्लबका पब्लिक इमेज चियर ध्रुव शर्माले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लव अफ भरतपुरका अध्यक्ष भोला जोशीले क्लले गरको कार्यले आफूहरू धेरै नै हर्षित भएको बताए । उनले सहि समयमा उचित काम गरेको बताउदै निरन्तरता दिन आग्रह गरे ।
साथै सोही अवसरमा प्रमुख अतिथि जोशीले सरसफाईको विषयमा विद्यार्थी र अभिभावक सँग अन्तरक्रिया गरेका थिए । उनले सरसफाईको आवश्यकता र महत्वका बारेका जानकारी गराएका थिए ।