अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकालाई

रत्ननगर पुस २ । चितवनको रत्ननगरमा आयोजना गरिएको पालिका स्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा माडी नगरपालिकालाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोनक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । रत्ननगरले उपाधिसंगै एक लाख १ हजार ११ नगद पुरस्कार प्राप्त गरको छ भने उपविजेता बनेको माडी नगरपालिकाले ५५ हजार ५५५ रुपैया पुरस्कार पाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रल्हाद सापकोटा,उपमेयर यादबप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कार,शिल्ड तथा मेडल हस्तान्तरण गरका थिए । रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गरेका थिए । खेल अबधिभर उत्कृष्ट प्रर्दशन गरेका श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । उनले दुई हजार ५०० पुरस्कार पाएका छन् ।

प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रर्दशन गरेको रत्ननगरका खेलाडी उत्कृष्ट खेलाडी घोषित हुँदै १२ हजार ५०० नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी सुर्यमान श्रेष्ठ,लेखनाथ घिमिरे,ललीत थापा तथा बंगलादेशमा उत्कृष्ट खेल प्रर्दशन गरेका रत्ननगरका खेलाडीहरु सुजता तामाङ र शुशीला केसीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा मेयर कपलाई स्थापित गरी खेलाडी उत्पादन गर्ने बताए । हामीले खेलकुदलाई प्राथमिकतामा राखेका छौं उनले भने हरेक विधाका खेलको विकासका लागि सबै किसिमको प्रयत्न हुने छ । मेयर सापकोटाले फुटवलमा राष्ट्रिय स्तरमा प्रभाव छाड्ने खेलाडी उत्पादनको लागि रत्ननगरले कार्ययोजना बनाएर काम सुरु गरेको बताए ।

कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी सर्लाहीको इश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य, रत्ननगरका विज्ञ सल्लाहाकार रामहरि न्यौपाने, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, राजेन्द्र घिमिरे, आशिक तामाङ, बालकृष्ण चापागाई, श्याम श्रेष्ठ, किरण महतो, सजना महतो, सोहेन्द्रराज खरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जिल्लाका सात पालिकाका सात वटा टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *