अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

‘८५ प्रतिशतले प्रदूषण परीक्षण पास गर्न सकेका छैनन्’

पुस २ । काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ । वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपियाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले भने, “प्रदूषण परीक्षणमा ८५ प्रतिशतले पास गर्न सकेका छैनन्, हामी स्टिकर हेर्दैनौँ, गाडीको धुवाँ नै परीक्षण गर्छौं, कडाइका साथ जान्छौँ, कारबाही गर्छौं ।” गाडीको धुवाँले वातावरणलाई निकै प्रदूषण मात्र गरेको छैन, नियम, कानुन पनि उल्लङ्घन भएको उनको भनाइ छ । विभागले गत मङ्सिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ भएको दाबी गरेको थियो । प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह पनि गरेको थियो । काठमाडौँ उपत्यकामा चलेका सवारीसाधनबाट निस्कने धुवाँ मापदण्डभन्दा बाहिर देखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *