अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

विद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै भीमोदय माध्यामिक विद्यालय

चितवन, पुस १। चितवनको कालिका नगरपालिका वडा नं ५ पदमपुरकी समीक्षा चौधरी गाउँकै भीमोदय नमुना माध्यामिक विद्यालय कक्षा १२ मा बालीविज्ञान विषय पढ्छन् । विद्यालयमै उन्ले केरा, टमाटर र च्याउ उत्पादनको काम पनि गरिरहेका छन् । घरमा खेती किसानी नगरेकी उनि विद्यालयमा सबै साथीभाइसँग मिलेर काम गर्न पाउँदा दङ्ग छन् ।

“पहिलो पटक विद्यालयमै मौरीको मह काड्न सिके”, उनि भन्छन्”, “च्याउ उत्पादनको तरिकाबारे पनि राम्रो ज्ञान लिएकी छु ।” परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन थालेको समीक्षा बताउछिन् ।

“घरमा काम गर्नुपरेको थिएन्”, कक्षा ११ का छात्र अमितजी गुप्ता भन्छन्, “यहाँ सबैजनासँग काम गर्दा रमाइलो पनि हुन्छ । पैसाभन्दा सिक्न पाइएको छ”, उनको भनाइ छ, “यहाँ उत्पादन भएको बस्तु बेचेर जम्मा भएको पैसा विद्यालयले हामीलाई नै दिने गरेको छ ।” गुप्ता यहाँ कक्षा नौदेखि कृषि विषय लिएर पढ्दै आएका छन् । पढेर सकेपछि पनि यही क्षेत्रमा काम गर्ने योजना रहेको र विद्यालयमा सिकेको कुरा घरमा गएर अभिभावकलाई पनि सिकाउन थालेको उनि बताउछन् ।

कृषि विषय पढ्दै आएका विद्यार्थी खाली समयमा तरकारी खेतीमा नै व्यस्त हुन्छन् । अहिले विद्यार्थीले टमाटर र च्याउखेती गर्नाका साथै १२ कट्ठा जमिनमा केरा पनि लगाएका छन् । ड्रागन फ्रुट र मेवा पनि लगाएका विद्यार्थीले गड्यौला मल पनि विद्यार्थी उत्पादन गर्दै आएका छन् । बाली विज्ञान विषय पढ्ने विद्यार्थीकै लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पन्ध्र घार मौरी सहयोग गरेको छ । यही घारबाट विद्यार्थीले ५० केजी मह उत्पादन गरेर बिक्रीसमेत गरेको विद्यालयका बाली विज्ञान विषय शिक्षक सन्तोष भण्डारी बताउछन् ।

“पाँच सय रुपैयाँ केजीका दरले मह बिक्री भयो”, उनि भन्छन्, “पहिलो प्राथमिकतामा स्कुलका विद्यार्थी र शिक्षकलाई बिक्री ग¥यौँ ।” दुई सय केजी टमाटर बिक्री भइसकेको र फेरि फल्न सुरु गरेको शिक्षक भण्डारी बताउछन् । तिहारका बेलामा सयपत्री फूलको माला उत्पादन गरेर बिक्रीसमेत गरिएको थियो ।

आफूले पढेको विषयमा विद्यालयमै प्रयोगात्मकरुपले व्यवहारमा उतार्न पाउँदा विद्यार्थी खुसी देखिएको शिक्षक भण्डारी बताउछन् । विद्यार्थीले सिकाइकै क्रममा कमाइ पनि गर्न सक्छन् । “स्कूलले लगानी गर्छ”, उनि भन्छन्, “काम र त्यसको प्रतिफल पनि विद्यार्थीले नै लिने गर्छन् । यस कार्यक्रमबाट विद्यार्थीले आफ्नो उद्यमशीलाताको विकास गरेका छन् । ”

विसं २०७४ देखि विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरेको विद्यालयले उत्पादनलाई बजारीकरणसँग पनि जोडेको छ । “विद्यार्थीलाई खेतीपातीमा लाग्न सिकाउँदा अभिभावकहरू रिसाउँछन् कि भन्ने लागेको थियो”, प्रधानाध्यापक इन्द्रनाथ पौडेल भन्छन्, “तर अहिले उनीहरू नै हाम्रा छोराछोरीलाई राम्र्रोसँग सिकाइदिनु है सर भन्दै आउँछन् । टाढाटाढाबाट पनि यो विषय पढ्न विद्यार्थी आउने गरेका छन् । बुझेका अभिभावक र विद्यार्थी यो विषयमा आकर्षित हुने गरेका छन् ।”

कक्षाकोठाभित्र पढाइमा क्रियाशील नहुने विद्यार्थी पनि प्रयोगात्मक सिकाइमा बढी क्रियाशील हुने गरेको उनको भनाइ छ । विद्यार्थीले विषादीरहित उत्पादनमा जोड दिइरहेका छन् । मल बोक्ने, बारी खनजोत, तरकारी गोडमेल विद्यार्थी आफैँले गर्छन् । सामूहिक प्रयासको अभ्यासमा उत्पादनसँगै सिकिरहेका पनि छन् । “पढेपछि जागिर नै खानुपर्छ भन्ने मान्यता देखिने गरेकामा अहिले पढेकाहरूले पनि आफ्नै देशको माटोमा पौरख गर्न सक्छन्, अझ भन्ने हो भने पढाइअनुसारको काम ग¥यो भने उत्पादनमा पनि सहयोग पुग्छ । मरुभूमिमा उत्पादन भएका वस्तु हामी खाइरहेका छौँ तर हरेक चिज फल्ने देशमा भने माटो सुहाउँदो पढाइ पनि भइरहेको छैन”, प्रअ पौडेल भन्छन् ।

यस विद्यालयमा प्राविधिक धारतर्फ कक्षा नौदेखि १२ सम्म बाली विज्ञान विषयको पढाइ हुँदै आएको छ । चितवनमा कृषि विश्वविद्यालय भएकाले पनि यहाँ कृषि विषय पढ्ने विद्यार्थीको आक्रर्षण छ । विसं २०७४ मा नौ कक्षामा ४८ जनाबाट विद्यालयको पठनपाठन शुभारम्भ भएको हो । यस विद्यालयमा बाली विज्ञान पढ्ने विद्यार्थी एक सय ३५ छन् । अहिले कक्षा ९, १०, ११ र १२ मा क्रमशः ४८, ४०, २४ र २३ विद्यार्थी छन् । सबै विद्यार्थी राम्रो नतिजा ल्याएर उत्तीर्ण भइरहेका छन् । विद्यालयमा प्राविधिकतर्फ आठ शिक्षक छन् । बाली विज्ञान विषयको पाठ्यक्रमअनुसार सैद्धान्तिक ४० प्रतिशत र प्रयोगतात्मक ६० प्रतिशत हुन्छ । सोहीअनुरुप कृषिका लागि छुट्टै प्रयोगशालासमेत विद्यालयले स्थापना गरेको छ । माटो परीक्षण, बीउ उत्पादनलगायत विषय प्रयोगशालामा विद्यार्थीलाई सिकाउने गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *