अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरे

चितवन, पुस १ । चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् ।

तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक/एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक/एक गैँडा मरेको उनले बताए । घडीयाल गोही र गौरीगाई तीन/तीन प्राकृतिक कारणले मरेका छन् ।

हात्ती, जरायो, बँदेल, कछुवा दुई/दुई पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एक/एक वटा मरेको छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन् । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *