अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

राप्तीका चेपाङ समुदायको स्वास्थ्य परीक्षण

चितवन, पुस १ । चितवनको राप्ती नगरपालिका अन्तर्गत विकट पहाडी क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको स्वास्थ्य परीक्षण गरिएको छ ।

ग्रिन सोसाइटी नेपाल,ग्रिन सोसाइटी पब्लिक स्कुलले राप्ती ११ मा रहेको थाकलटार माविमा शिविरको आयोजना गरेको हो । राप्ती नगरपालिका र पुरानो मेडिकल कलेजको सहयोगमा आयोजित शिविरमा १०५ जना विद्यार्थी सहित ३१५ जनाको स्वास्थ्य परीक्षण गरिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए ।

शिविरमा जनरल फिजिसियन, आँखा, स्त्री तथा बालरोग, नशा तथा हार्डजोनीको परीक्षण गरी निःशुल्क औषधि समेत प्रदान गरिएको महासचिव परियारले बताए । आर्थिक अभावका कारण स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका चेपाङ समुदायलाई लक्षित गरी शिविर आयोजना गरिएको उनले बताए ।

शिविरको उद्घाटन गर्दै राप्तीका मेयर शमशेर लामाले चेपाङ समुदायलाई स्वास्थ्य सेवाको पहुँच सहज बनाउन स्थानीय स्तरमा सेवाका प्रकार थप गरिदै लगेको बताए । विपन्न समुदायलाई राज्यले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्दै उनले त्यो अबसरलाई छाप्न सक्नु पर्ने बताए ।

वडा सदस्य हिरालाल बलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियान्ता मनी नहर्की, पुरानो मेडिकल कलेजकी डा।प्रेरणा बंसल, सौराहाका पर्यटन व्यवसायी पुरुषोत्तम लामिछाने लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *