अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

प्रथम मेयर कप : रत्ननगर नगरपालिका फाइनलमा प्रवेश

रत्ननगर, मंसिर २८ । चितवनको रत्ननगरमा जारी पालिका स्तरीय मेयर कप खुल्ला नकआउट फुटवल प्रतियोगितामा आयोजक रत्ननगर नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको सेमिफाइलन खेलमा कालिका नगरपालिकालाई पराजित गर्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरले कालिकालाई ४ का विरुद्ध ५ गोल अन्तरले पछि पार्दै जित हासिल गरेको हो । निर्धारित समयमा दुई टिमबाट एक एक गोलको बराबरी भएपछि पेनाल्टीमा नतिजा निकालिएको थियो । पेनाल्टीका रत्ननगरले ४ र कालिकाले ३ गोल गरेका थिए ।

निर्धारित समयमा रत्ननगरका लागि सिमन लामा गोले र कालिकाका लागि प्रयास तामाङले एक एक गोल गरेका थिए । सो खेलमा उत्कृष्ट प्रर्दशन गरेका रत्ननगरका सिमन लामा गोले म्यान अफ दी म्याच घोसित भएका छन् ।

उनलाई रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक र विज्ञ सल्लहाकार रामहरि न्यौपानेले २ हजार ५०० नगद पुरस्कार हस्तान्तरण गरेका थिए । विहीवार भरतपुर महानगर र माडी नगरपालिका बीच दोस्रो समिफाइनल खेल हुने रत्ननगर खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी दिए ।

सात वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख १ हजार १११ र दोस्रो हुने टिमलाई ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *