अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

जाडोमा कपाललाई कसरी सफा र सुन्दर राख्ने ?

मंसिर २८ । जाडो मौसमको शुरुवातसँगै कपालमा खराबी हुनु आम समस्या बन्ने गरेको छ । जाडो मौसममा कपालको चमक हराएर जान्छ । साथ सुख्खापन आउने गर्दछ । यस मौसममा केशलाई चिसोबाट जोगाउन सामान्यतया स्कार्फ वा टोपी लगाउने गरिन्छ ।

यसले केशलाई चिसोबाट त जोगाउँछ, तर केशलाई बाँधेर राख्नाले ग्रन्थीहरु सक्रिय भई केशमा चिप चिप्पन आउने गर्दछ । जाडो महिनामा चिसोबाट बच्न कतिपय मानिसहरु हिटरको प्रयोग गर्ने गर्दछन् । यसले ताप त दिन्छ ।

तर केशमा भएको कोमलता पनि सोसि दिन्छ र केश सुख्खा हुने गर्दछ । त्यसैले चिसो मौसममा केशलाई सुख्खा हुनबाट बचाउन बढी भन्दा बढी पोषण तथा मोइस्चराइजरको प्रयोग गर्नु उत्तम हुन्छ ।

केशलाई सुख्खा हुन नदिन स्याम्पुको प्रयोग गर्न सकिन्छ । तर दैनिक रुपमा पनि गर्नु हुँदैन । हप्तामा एक पटक हेयर स्पा ट्रिटमेन्ट गरेको खण्डमा केशमा चमक आउँछ । किनकि स्पा ट्रिटमेन्टले टाउकोको छालामा रक्तसञ्चार बढ्छ।

स्याम्पु प्रयोग गर्दा सकेसम्म केमिकल धेरै नभएको स्याम्पुको प्रयोग गर्नु पर्दछ । त्यस्तै केशलाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नु राम्रो मानिन्छ ।

जाडो मौसममा कम्तीमा हप्तामा दुई पटक मनतातो तेलले हेयर ओयल मसाज गर्नु अत्यन्तै राम्रो मानिन्छ । मनतातो तेलले केशलाई चम्किलो र हेल्दी बनाउँछ । हेयर ओयल मसाज गरेपछि हेयर स्टिम लिएर आवश्यक अनुसार स्याम्पु गर्नुपर्दछ ।

कर्ली केशमा कन्डिसनरले ठिक ढंगले काम गरेको छैन भने साइन सिरम प्रयोग गर्नुपर्दछ । यसबाट केश नरम एवं चम्किलो बनाउँछ । स्याम्पु गर्दा केशलाई बढी चलाउनु हुँदैन। हरेकपल्ट स्याम्पु गरेपछि कन्डिसनर वा ट्रिटमेन्ट क्रिमको प्रयोग गर्ने । केश बढी नै सुख्खा छ भने कन्डिसनरको साटो हेयर मोइस्च्वराइजरको प्रयोग गरी केशलाई सफा राख्नुपर्छ ।

जाडो मौसममा जैतुन, बदाम र तिलको तेल मिसाएर तताई त्यसमा दुई वटा भिटामिन–इ क्याप्सुल मिसाई मसाज गरेमा केशलाई वास्तविक मोइस्च्वराइजर मिल्छ र केशमा चमक आउँछ ।

यसरी केशको हेरचाह गर्न सकेको खण्डमा जाडो मौसममा पनि केशलाई सफा र चम्किलो बनाउन सकिन्छ । केशको स्याहार पछि हेयर ड्रयरले केश सुकाउनाले,घाममा बस्दा केश खुल्ला छोड्नाले बिस्तारै केशको चमक बिस्तारै हराएर जान्छ र पुन सुख्खा हुन्छ ।

त्यसैले घाममा बस्दा जहिले पनि केश छोप्नुपर्दछ । यसरी कपालको स्याहार गर्दा पनि समस्या भएमा ब्युटी एक्सपर्ट या छाला रोग विशेषज्ञहरुबाट परामर्श लिनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *