अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

७ पुसभित्र पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

काठमाडौं, मंसिर २८ । पटक पटक ताकेता दिँदा पनि ​पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । ६ मंसिर मा एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले ७ पुसभित्र टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने कम्पनीहरूलाई प्राधिकरणको पोल प्रयोग गरेवापतको भाडाशुल्क तिर्न ताकेता दिएको थियो ।

तर दिइएको समय सकिन एक हप्तामात्र बाँकी रहँदा पनि अहिलेसम्म कुनै पनि सेवाप्रदायकले सम्पर्क नगरेका कारण प्राधिकरणले पुनस् सूचना प्रकाशित गरेको छ ।

आफ्नो विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट र केबल टिभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरूलाइ सम्झौता गर्न र नवीकरण गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ । यद्यपि कुनै पनि सेवा प्रदायकले अहिलेसम्म सम्झौता गर्न वा सम्झौता नवीकरण गर्न नआएको साथै बक्यौता भाडा रकम पनि नबुझाएको प्राधिकरणले भनाइ छ ।

७ पुसभित्र बक्यौता भाडा रकम भुक्तानी नगरेको खण्डमा र सम्झौताका लागि सम्पर्क नगरेमा सम्बन्धित सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । साथै यसबाट उक्त सेवा प्रदायकका सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहने पनि सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *