अपडेट
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै गुरु पूर्णिमाको महत्व ? न्यु स्टार बोर्डिङमा लागुऔषध दुर्व्यसनी बिरूद्ध सचेतनामुलक कार्यक्रम  व्यवसायीहरूलाई सदस्यता लिन घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आग्रह तुलसीपुरको ज्ञानज्योती मा बि देशकै उत्कृष्ट ७ मा पर्न सफल चतुर्मास व्रत सुरू हुने हरिशयनी एकादशीको के छ महत्व ? गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प सम्बन्धि प्रशिक्षण श्रावण महिना श्रवण र कण्डारक पूजाको महत्व ? भानुभक्त जयन्तिको महत्व सृष्टिको जापान जाने सपना त्रिशूलीमा अस्तायो धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने स्वर्गिय साथीको सम्झनामा मानव सेवा आश्रमका ५८ जनालाई खाजा नास्ता  हेर्नुस् आज असार २५ गते मंगलबारको राशिफल आहा तुल्सिपुर अभियानको कार्यसमिति पुन: गठन ! अध्यक्षमा बस्याल  तुलसीपुरमा क्षयरोगका बिरामी खोजी अभियान तीव्र आज असार २० गते बिहिबार को राशिफल हेर्नुहोस मुहार फेर्दै विरेन्द्र मा.वि हेकुली आज असार १९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुर उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा आज असार १७ गते सोमबार को राशिफल हेर्नुहोस

मेस्सी र अल्भारेज चम्कदा अर्जेन्टिना विश्वकपको फाइनलमा

मंसिर २८ । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।

खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।

विश्वकपमा मेस्सीको यो अर्जेन्टिनाका लागि कीर्तिमानी ११ औं गोल हो । मेस्सीले गाब्रिएल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।

मेस्सीले यस खेलबाट विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेका छन् । मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान बराबर गरेका हुन् ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए । काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे ।

त्यसपछि खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए । उनले मेस्सीले उपलब्ध गराएको सुन्दर पासमा सहजै गोल गरे ।

दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ ।

साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *